काठमाडौं खबर पुस २०, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा रहेको धुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धुर्वे हात्तीले भरतपुर महानगरपालिका-२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए ।
बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उनले भने, ‘अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।’ हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ ।
डियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए। हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको उनले जानकारी दिएका छन् ।