काठमाडौं खबर पुस १३, २०८०
काठमाडौ । सर्वाेच्च अदालतले जनयुद्ध दिवसमा बिदा नदिन सरकारको नाममा आदेश जारी गरेको छ । शुक्रबार सर्वाेच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
द्वन्द्वकालमा पिता मारिएका अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमा अदालतले यस्तो आदेश जारी गरेको हो । फागुन १ लाई सरकारले बिदा दिने यसअघिको निर्णय कार्यान्वयनमा रोक लागेको हो ।