काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । केन्द्र सरकारले उपमहानगरपालिकालाई बेवास्त गरेको भन्दै आक्रोशित भएका उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका हुन् ।
धरानको विकासका लागि आफूले मागेअनुसार बजेट र सहयोग नगरेको गुनासो गर्दै आएका उनले बुधबार देशका दुवै शीर्ष व्यक्तिको फोटो आफ्नो कार्यकक्षबाट हटाउने घोषणा गरेका थिए । उक्त घोषणाअनुसार प्रमुख साम्पाङले आफ्नो कार्यकक्षको भित्तामा राखिका राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइदिएका हुन्।
यलम्बर प्रथम किराती राजा थिए। उनले किरातीहरूको रहनसहन व्यापार लगायत रीतिथिति, संस्कार, संस्कृति जोगाउन भूमिका खेलेको मानिन्छ। धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर उनै राजा ‘यलम्बर’को फोटो राखिएको हो।