काठमाडौं खबर पुस १२, २०८०
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल हुने नेपाली काँग्रेसले जनाएको छ ।
बैठकमा पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ ।