

काठमाडौं । नेपाल आयल निगमले गए रातिदेखि पेट्रोलियम पदार्थको भाउ घटाएको छ । मध्यरात १२ बजेपछि पेट्रोलमा प्रतिलिटिर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले घटाइएको जानकारी दिइएको छ ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटिर १६० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८९५ रुपैयाँलाई यथावत राखिएको छ ।