काठमाडौं । भारतको उत्तरप्रदेशमा एउटा सूर्य केसर प्यालेस नाम गरेको एउटा भव्य होटल रहेको छ । तत्कालीन समयमा भारतीय प्राणी सर्वेक्षणलाई कार्यालय राख्नको लागि नि:शुल्क दिइएको सो दरबार भारत स्वतन्त्र भएपछि होटलको रूपमा विकास भएको तथ्य रविजंग कार्कीले आफ्नो अध्ययनको क्रममा भेटेको उल्लेख छ ।
यो भव्य दरबार श्री ३ महाराज चन्द्र शम्शेरका साइला छोरा फिल्ड मार्सल केशर शम्शेर ज.ब.रा. जो श्री ३ महाराज हुन नसके श्री ३ को जस्तै रवाफिलो जीवन जीउने गर्दथे ।
केशर शमशेर इतिहास, पुरातत्व र वातावरणसँग एकदमै नजिक थिए । उनले सिम्रौनगढका राजा विराटको भव्य दरबार थियो भन्ने तथ्य स्थापित गरेका थिए । त्यस कारण केशर शम्शेरले नै यो नगरको नाम विराटनगर भन्न लगाएका थिए ।
सन् १८०० को समयतिर राणा प्रधानमन्त्री एवम् भारदारहरूको भारतको बनारस र लखनउतिर धेरै आउजाउ हुने गर्छ । यसरी भारत गइरहने क्रममा भारतको उत्तरप्रदेशको बनारसमा सन् १८१८ मा सो दरबार बनेको कार्कीले दाबी गरेका छन् । सोही समयमा केशर शमशेर जन्मिएका हुन् ।
पछि केशर शमशेरले पृथ्वी वीर विक्रम शाहकी छोरीसँग विवाह गरेपछि उक्त दरबारलाई श्री केशर शमशेरद्वारा केशर प्यालेस नाम दिइएको हो ।उक्त दरबार सन् १९४२ देखि १९४९ सम्म भारतीय प्राणी सर्वेक्षणलाई निःशुल्क कार्यलय राख्न दिएका थिए ।