

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले २०२५ को लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरिएको हो।
नेपाली क्रिकेट क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउनका लागि पटकपटक वार्षिक क्यालेण्डरको आवश्यकताबारे दबाब सिर्जना हुँदै आएको थियो।
यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काले बताए । नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग–२ खेल्नेछ ।
यस्तै, ट्वान्टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए । यस्तो छ क्यानले सार्वजनिक गरेको वार्षिक क्यालेण्डर ।