

लन्डन । युरोपियन युनियनअन्तर्गत पर्ने विभिन्न १८ वटा देशका प्रतिनिधिहरूले युक्रेन संकटको समाधानका लागि भन्दै बैठक गरेका छन् । उनीहरूले युक्रेनको सार्वभौम सत्तालाई जोगाउँदै युक्रेनमा शान्ति र सुरक्षाको ग्यारेन्टी दिनका लागि आफूहरू एक भएको बताएका छन्।
बेलायती प्रधानमन्त्री केइर स्टेइमरको नेतृत्वमा बसेको बैठकमा रुस-युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि चार सूत्रीय योजना सार्वजनिक भएको छ।
बैठकका लागि फ्रान्स र बेलायतले पहलकदमी लिए पनि अन्य १८ देशहरू समेत सहभागी भएका छन्। बैठकमा बेलायती प्रधानमन्त्री स्टेइमरले युरोपेली देशको माझमा विगतमा कहिले पनि नदेखिएको अभूतपूर्व एकता यो बैठकमा देखिएको बताए। बैठकले युक्रेनमाथिको सैन्य सहयोग यथावतै राखेर रुस माथिको आर्थिक दबाब बढाउने सहमति गरेको छ।