

काठमाडौं । प्रहरीले कुनै कारणविना नै गोकर्णेश्वरका चार जना युवाहरूलाई नियन्त्रणमा लिएको छ । मंगलबार अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विरोध गर्ने आशंकामा ती युवाहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् ।
ती युवाहरूले कार्यक्रम सुरु गर्नुअघि नै त्यहाँ विरोध गर्ने भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसैको आधारमा प्रहरीले ती युवाहरूलाई पक्राउ गरेको हो । सो सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।