![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । आज नेपाल प्रिमियर लिगअन्तर्गत् काठमाडौं र लुम्बिनीबीच खेल हुँदैछ । पाँच खेल खेलेर दुई अंक जोडेको लुम्बिनी र तीन खेल खेलेर दुई अंक जोडेर दुई अंक जोडेको काठमाडौंबीच प्लेअपमा जानका लागि जित्नै पर्ने संघर्षपूर्ण अवस्था छ ।
अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि पाँचौंमा छ । तर लुम्बिनीको भन्दा दुईवटा कम खेल खेलेको काठमाडौं लुम्बिनीको तुलनामा माथि नै रहेको छ ।
आजको खेलमा लुम्बिनीको लागि गर या मरको अवस्था रहेको छ । आजको खेल पराजित भएको खण्डमा लुम्बिनी प्लेअपमा जाने सम्भावना समाप्त हुनेछ भने यो खेल जितेको खण्डमा झिनो नै सही सम्भावना बाँकी नै रहने छ ।
काठमाण्डु विजयी भएमा प्लेअफको दौडमा ठुलो सहयोग पुग्नेछ भने लुम्बिनी बाहिरिने पक्का हुनेछ । त्यसैले आजको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ ।