काठमाडौं खबर कार्तिक १८, २०८१
काठमाडौं । काठमाडौंको रानीपोखरीमा आज बिहानैदेखि टीका लगाउनेको भीड सुरु भएको छ । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले यो मन्दिरमा गएर टीका लगाउने चलन रहेको छ । आज मात्रै खुल्ने यो मन्दिरमा बिहानैदेखि टीका लगाउन आउनेको भीड सुरु भएको छ ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
तर बालगोपालेश्वर मन्दिरमा भने बिहानैदेखि टीकाटालो सुरु भएको छ ।