काठमाडौं खबर कार्तिक १४, २०८१
काठमाडौं । साफ महिला च्याम्पियनसिपको आजको खेल काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा लाइभ देखाउने भएको छ । बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट लिन पुगेकाहरू निराश हुन थालेपछि महानगरपालिकाले तीन ठाउँमा लाइभ गर्ने व्यवस्था मिलाएको महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन् ।
प्रमुख शाहले भनेका छन् । ‘टिकट पाउनुहुने महानुभावहरू रंगशालामा गएर समर्थन गर्नुहोला, काठमाडौँमा हुने टिकट नपाउनेहरू हामीले टुँडिखेल, सानो गौचरण तथा चाबहिलमा देखाउने व्यवस्था गरेका छौँ। नजिक हुनेहरू गएर सामूहिक रुपमा नेपालको समर्थन गर्न सक्नुहुनेछ।’
टुँडिखेल, सानो गौचरण र सिफलमा महानगरले साफ फाइनल लाइभ गर्ने