काठमाडौं खबर अशोज २०, २०८१
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सिस्नेरीमा गत असोज १२ गते गएको पहिरोमा परी खेलाडीको मृत्यु भएको विषयमा छानबिन समिति गठन गरेको छ । एन्फाका केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनामा प्रतिवेदन बुझाउन भनिएको छ ।
उता एन्फा कार्यसमितिको निर्णयमाथि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले असहमति (नोट अफ डिसेन्ट) व्यक्त गरेका छन् । उनले स्वतन्त्र र निष्पक्ष व्यक्ति राखी कार्यसमिति गठन गर्नुपर्नेमा कार्यसमितिको मान्छे नै राखेर छानबिन समिति गठन गर्नुले आफ्नो कर्तुत ढाकछोप गर्ने नियत देखिएकोले यसमा सहमति जनाउन नसकिएको उनको भनाइ छ ।
यस्तो छ एन्फा कार्यसमितिको निर्णय
यस्तो छ वरिष्ठ उपाध्यक्षले राखेको असहमति पत्र