काठमाडौं खबर अशोज १४, २०८१
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विपद्पछिको राहत र उद्धारको कामलाई तीव्रता दिनका लागि चासो दिएका छन् । आज पार्टी कार्यालयमा भातृ संस्थाहरूसँगको छलफलमा राहत र उद्धारको लागि भातृ संस्थालाई सक्रिय बनाउने विषयमा छलफल भएको छ ।
बैठकले राहत र उद्धारलाई व्यवस्थित गर्नेबारे छलफल गरेको बताइएको छ । हिजो बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पार्टीको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी राहत र उद्धारमा लाग्ने निर्णय गरेको थियो । संसद्को सबैभन्दा ठूलो दलको हैसियतले पनि काँग्रेसले यसमा अग्रसरता लिनुपर्ने भन्दै गगनले यसमा सक्रियता देखाएका हुन् ।
कांग्रेसका संघीय सांसदहरूको जनही १५ दिनको पारिश्रमिक सतथै पार्टीको तर्फबाट ५० लाख विपद् कोषमा जम्मा गर्ने पनि निर्णय गरिएको थियो ।