काठमाडौं खबर अशोज २, २०८१
काठमाडौं । दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको थियो ।
अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।