काठमाडौं खबर भदौ १२, २०८१
काठमाडौं । बुद्धनगरमा सञ्चालित एक स्नुकरका सञ्चालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोमबार आफ्नै घरमा सञ्चालनमा रहेको स्नुकरको सोफामा गम्भीर अवस्थामा रहेका उनको उपचारको क्रममा सोमबार नै ज्यान गएको थियो ।
उनको हत्याको आरोपमा प्रहरीले उनकै छिमेकमा बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको छ । एमकेले प्रहरीसामु हत्याको स्वीकार पनि गरेका छन् भने उनको कोठाबाट प्रहरीले हत्यामा प्रयोग गरिएको रड समेत बरामद गरेको छ ।
प्रहरीसँगको बयानमा उनले आफूलाई हेपेका कारणले उनको हत्या गरेको बयान दिएको एक प्रहरी अधिकारीले जानकारी दिए । उनले आफूलाई कालीको भक्त हुँ भन्दै आफूले धेरै हेपाइ सहन नसकेको खालको कुरा गरेका थिए । तर उनले पटकपटक कुरा फेरेकोले यसको स्पष्ट कारण के हो ? यकिन नभएको ती प्रहरी अधिकारीको भनाइ छ ।
उनले आफ्ना बुबा बैंकिङ कसुरमा हाल जेलमा रहेको र उनलाई फसाउन रुपकको परिवारको हात रहेको आरोप लगाएका छन् ।