काठमाडौं खबर भदौ १२, २०८१
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलमा नेपाल बंगलादेशसँग तीन गोलले पराजित भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशविरुद्ध घरेलु टोली नेपालले ३–० ले पराजित भएको हो ।
खेलको पहिलो हाफमा सन्तुलित राखेको नेपालले दोस्रो हाफमा भने बंगलादेशसँग लज्जास्पद हार व्यहोर्नुपर्यो । पहिलो हाफको इन्ज्युरी समयमा बंगालदेशका मिलाजुल इस्लामले फ्रिकीकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए थिए ।
५४औं मिनेटमा नेपाल २-० ले पछि परेको थियो । खेलको ७०औँ मिनेटमा राहुल हुसैनले को गोलमा बंगलादेशले अग्रता फराकिलो पारेको हो।