काठमाडौं खबर भदौ १२, २०८१
ओटावा । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको एक आदेशविरूद्ध विद्यार्थीहरूको आक्रोश छाएको छ। ट्रुडोले एक दिन अगाडि क्यानडाको संघीय अध्यागमन नीतिमा ठूलो परिवर्तन गर्ने निर्णय गरेका छन्। यो परिवर्तनअन्तर्गत अब विदेशी विद्यार्थीहरूलाई छोटो समयको काम खोज्न कठिनाइको सामना गर्नुपर्नेछ । किनभने अब यी कामहरू स्थानीय युवाको लागि आरक्षित गरिएको छ। क्यानडाभर यस आदेशको विरोधमा विद्यार्थीहरूले कडा विरोध प्रदर्शन जारी राखेका छन्। ट्रुडोको यो निर्णयका कारण क्यानडामा रहेका ७० हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीलाई देश निकाला गर्ने खतरा रहेको बताइएको छ ।
क्यानडाका धेरै राज्यहरूमा विरोध प्रदर्शनहरू
अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रिन्स एडवर्ड आइल्याण्ड, ओन्टारियो, मनिटोबा र ब्रिटिश कोलम्बियालगायत विभिन्न प्रान्तहरूमा क्याम्पहरू र र्यालीहरू आयोजना भएको छ । प्रिन्स एडवर्ड आइल्याण्डका सयौं विद्यार्थीहरूले अध्यागमन नियममा भएका परिवर्तनहरूलाई चुनौती दिँदै तीन महिनाभन्दा बढी समयदेखि विधान सभाबाहिर विरोध प्रदर्शन गरिरहेका छन्। विद्यार्थीहरूको हितको रक्षा गर्न काम गर्ने समूह युथ सपोर्ट नेटवर्कका प्रतिनिधिहरूले धेरै स्नातक विद्यार्थीहरूले वर्षको अन्त्यमा उनीहरूको कार्य अनुमतिको म्याद सकिएपछि देश निकालाको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
क्यानडामा स्थायी बसोबासमा कडाइ
क्यानडामा राज्यको नीतिका कारण अवस्था नाजुक भएको छ । धेरै राज्यहरूले स्थायी बसोबासको नामांकन २५ प्रतिशतले घटाएको छ। जसका कारण विद्यार्थीको भविष्य असुरक्षित भएको छ । निर्वासनको सामना गरिरहेका पूर्व अन्तर्राष्ट्रिय विद्यार्थी मेहकदीप सिंहले सिटी न्यूज टोरन्टोलाई भने, “मैले क्यानडा आउन छ वर्ष जोखिम मोलेँ। मैले अध्ययन गरें, काम गरें, कर तिरें र पर्याप्त कम्प्रिहेन्सिभ र्याङ्किङ सिस्टम (सीआरएस) अंक आर्जन गरें । तर सरकारले त्यसको फाइदा उठाएर हामीलाई अलपत्र पारेको छ ।