काठमाडौं खबर भदौ २, २०८१
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपमा आजदेखि सुरु हुँदैछ । नेपालसहित कुल ६ देश सहभागी हुने खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुन लागेको एन्फाले जनाएको छ ।
दशरथ रंगशाला खेल्न अयोग्य भएपछि अन्तिम समयमा खेलस्थल सार्नुपरेको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
दिउँसो ३ बजे सुरु हुने आजको पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् ।