काठमाडौं । मष्टो कुल देवता प्रतिष्ठानको नवौं साधारणसभा एवं पाँचौँ सम्पन्न भएको छ । शनिबार काठमाडौंको गोल्फुटारमा रहेको किङ क्याफे एण्ड बैंङ्क्विटमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानको साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा जगमान गुरुङले प्रतिष्ठानद्वारा प्रकाशित मष्टो इतिहास र संस्कृति नामक पुस्तकको विमोचन समेत गरेका थिए । कार्यक्रममा डा. गुरुङले खस सभ्यता र मष्टो संस्कृतिको खोज अनुसन्धान, संरक्षण र संवद्र्धन गर्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहनसिंह खड्काले प्रतिष्ठानले मस्टोको खोजी तथा अनुसन्धानका लागि सक्रिय रहेको भन्दै प्रतिष्ठान यस्तो अध्ययन अनुसन्धानमा निरन्तर सक्रिय रहँदै आएको जानकारी दिए ।
कार्यक्रममा विशेष अतिथिहरु बद्रीबहादुर कार्की, प्रा.डा. रमेश ढुंगेल, प्रा.डा. सुरेन्द्र केसी, भुवनेश कुमार प्रधान, श्यामबहादुर खड्का, प्रेम कैदी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रमको समापन सत्रमा संस्थाका सचिव मधुसुदन खड्काले यो अधिवेशनले प्रतिष्ठानको नयाँ कार्यसमिति समेत गठन गर्ने जानकारी दिए ।