नेपाली कांग्रेसले आसन्न निर्वाचनमा आफ्ना उम्मेदवारलाई जित सुनिश्चित गर्न १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरू खटाएको छ। उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले देशका ७७ वटै जिल्लामा पुग्ने गरी जिम्मेवारी बाँडफाँड गरेको कांग्रेस सभापति गगन थापाको सचिवालयले जनाएको छ।
पूर्वी पहाडी तथा तराई जिल्लाहरू ताप्लेजुङ, पाँचथर, इलाम र झापामा सहमहामन्त्री डा. डिला संग्रौला नेतृत्वमा पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ। संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि केन्द्रीय सदस्य अमृत अर्यालसहित मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई जिम्मेवारी दिइएको छ। सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी र सिरहामा वसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी परिचालित हुनेछन्।
बागमती प्रदेशअन्तर्गत धादिङ, रसुवा, नुवाकोट र काठमाडौं जिल्लामा सहमहामन्त्री बहादुरसिंह (लामा) तामाङसहित डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ। काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जिपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याल खटाइएका छन्। भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसीसहित दिलमान पाख्रिन, धना खतिवडा, मथुराप्रसाद घिमिरे र धर्मराज गौतमले समन्वय गर्नेछन्।
गण्डकी प्रदेशमा पर्वत, म्याग्दी, मुस्ताङ र बाग्लुङ जिल्लाको जिम्मा चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुङ, कृष्णबहादुर केसी र चिनु पोखरेलले पाएका छन्। स्याङ्जा, कास्की, मनाङ र नवलपुरमा ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ र किरणराज शर्मा पौडेल खटाइएका छन् भने गोरखा, लम्जुङ र तनहुँमा अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी जिम्मेवार छन्।
लुम्बिनी प्रदेशमा रूपन्देही, पाल्पा, नवलपरासी र गुल्मीमा डा. गोपाल दहित, गेहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटाइएका छन्। कपिलवस्तु, अर्घाखाँची, रुकुम (पूर्व), प्युठान र रोल्पामा कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई मगर र केशव आचार्य जिम्मेवार छन्। दाङ, बाँके र बर्दियामा चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रुपा विक परिचालित हुनेछन्।
कर्णाली प्रदेशमा सुर्खेत, सल्यान, रुकुम (पश्चिम), जाजरकोट र डोल्पामा नारायणप्रसाद भट्टराई, रामदेवी खड्का, सूर्यबहादुर विक र रंगमती शाही खटाइएका छन्। दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लामा जानकी सिंह, दीपकजंग शाह, तीर्थजंग शाही, छायाँ सुनार, मानबहादुर नेपाली र कान्तिका सेजुवाल जिम्मेवार छन्।
सुदूरपश्चिम प्रदेशअन्तर्गत कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्याल र विद्यादेवी तिमिल्सिना खटाइएका छन्। कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड जिम्मेवार हुँदा डोटी, अछाम र बाजुरामा नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टले नेतृत्व गर्नेछन्।

