

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार रोचक घटना घटेको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको नेपाल टेलिकमको करिब १०० मिटर तार चोरी भएको छ । जसले गर्दा बुधबार बिहानभरि आन्तरिकतर्फको टेलिफोन अवरुद्ध भएको थियो ।
नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रका अनुसार तार चोरी भएका कारण बुधबार बिहानभर टेलिफोन अवरुद्ध भएको थियो । पछि नयाँ तार जडान गरेपछि टेलिफोन सुचारु भएको थियो । विमानस्थलभित्रैबाट १०० मिटर तामाको तार चोरी भएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।
चोरी गर्ने व्यक्ति पक्राउ परिसकेको भए पनि उनी को हुन् भन्ने खुलाइएको छैन ।