

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच भएको युद्धको विषयमा हास्यास्पद अभिव्यक्ति दिएका छन् । आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाइँमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकिएको बताएका छन्।
उनले भारत र पाकिस्तानको प्रसंग जोड्दै भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ । उहाँहरुसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्त्वपूर्ण रहेको बताए । सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् । दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे ।