

काठमाडौं । भारतको काश्मीरमा रहेको पहलगाम हमलाले उब्जाएको भारत पाकिस्तान युद्ध उत्कर्षतिर पुगेको छ । गत अप्रिल १२ मा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको हत्या भएको थियो । त्यसको बदलास्वरुप दुई दिनअघि पाकिस्तानका विभिन्न नौ स्थानमा भारतीय सेनाले हमला गरी आतंकवादी संगठनको अखडा ध्वस्त पारेको थियो ।
त्यसपछि पाकिस्तानले जवाफी कारबाही स्वरुप विभिन्न स्थानमा ड्रोन आक्रमण गरेका छन् । बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।
भारतीय रक्षा मन्त्रालयका अनुसार, ‘पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेशनमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। यी आक्रमणलाई विफल पारिएको छ। कुनै पनि जनधनको क्षति भएको छैन। भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध छ।’ भारतका अनुसार पाकिस्तानले हानेका सबै क्षेप्यास्त्र वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको हो।
बिहीबार रातभरि सीमा क्षेत्रमा भएको गोलाबारीपछि शुक्रबार पनि स्थिति तनावग्रस्त भएको छ ।