

काठमाडौँ । २७ दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। आफ्ना विभिन्न मागहरू राखेर सडक प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई हिजो सरकारले वार्ताका लागि बोलाएको थियो।
हिजो साँझ बसेको वार्तामा बसेका दुवै पक्षले आआफ्ना समस्या र मागको बारेमा स्पष्ट पारेका थिए । शिक्षकहरूले आफ्नो माग पूरा गर्दा राज्यलाई त्यति ठूलो हानि नहुने दाबी प्रस्तुत गरेका थिए भने सरकारले पनि आफ्ना समस्या सुनाएको थियो।
वार्ता पछि निस्किँदै गर्दा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले वार्ता सकारात्मक भएको भन्दै मङ्गलबार साँझसम्म पुग्ने दाबी गरेका छन् ।
यसअघि अदालतले दिएको तीन दिने समयसीमा गुज्रिसक्दा शिक्षक र सरकारबीच कुनै पनि सहमति हुन सकेको छैन। यसअघि भएका विभिन्न सहमति हरू पूरा नगरी धोका दिएको भन्दै यतिबेला शिक्षकहरु आफ्नो माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन्