

काठमाडौं । आन्दोलनको आज २६ औँ दिनमा शिक्षक र प्रहरीबीच झडप भएको छ । आफ्ना विभिन्न माग पूरा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि अवस्था बिग्रिएको थियो ।
काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।
सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।