

काठमाडौँ । आज देशका पहाडी क्षेत्रमा रङहरूको पर्व फागु पूर्णिमा मनाइँदैछ। प्रत्येक फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व आफन्त र साथीभाइहरू बीच रङ र शुद्ध पानी छ्यापाछ्याप गरी मनाउने गरिन्छ ।
असत्यसामु सत्यको विजय भएको यो स्मरणमा मनाइने यस पर्वका पछाडि विभिन्न कथाकिम्बदन्तीहरु रहेका छन्। जुन काठमाडौँ उपत्यका र उपत्यका बाहिर समेत भिन्नभन्न छन् ।
आज फागु पूर्णिमा मनाउने पहाडी र हिमाली गरी देशका ५६ जिल्लामा सरकारले सार्वजनिक विदा दिएको छ। तराईका २१ जिल्लामा भने होली पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिनेछ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।
गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ।