

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेका प्रदीपविक्रम राणा भागेका छन् । चर्को आलोचनापछि नेपाल प्रहरीले पक्राउ गर्न सक्ने भन्दै उनी भागेका हुन् ।
उनले गोरखपुर पुगेर भारतीइ सञ्चारसंस्था नवभारत टाइम्सलाई अन्तर्वार्ता दिएका छन् । उनले नेपाल प्रहरीले आफ्नो खोजी गरिरहेकोले भागेको बताएका छन् । उनले आफूले योगी आदित्यनाथलाई आजसम्म नभेटेको भए पनि नेपाल हिन्दुराष्ट्र बन्नुपर्छ भन्ने पक्षमा रहेको बताएको छ ।
राणालाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भारत सरकार र योगीजीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाइएको छ ।’ आइतबार पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किंदा आफू स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेको राणाले बताएका छन् ।