

काठमाडौं । युगान्डामा जारी वुमन्स डे कपमा नेपालले दोस्रोपटक नामिवियासँग खेल हारेको छ । योसँगै कपको फाइनल खेल्ने सम्भावना नेपालको कमजोर बन्दै गएको छ । चार टोली सहभागी प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
कुल १२६ रनको लक्ष्य पछ्याएको नेपाल ५ विकेटको क्षतिमा १०२ रनमा समेटिन पुगेको थियो । नेपालका लाागि ओपनर साना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। उनले ३७ बलमा एक चौका प्रहार गरिन्। पूजा महतो र कप्तान इन्दु बर्माले समान १५ रन जोडे।
यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो।