

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको चर्काचर्की पछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकी युरोपतिर लागेका छन् । अमेरिकासँग युक्रेनमा रहेको खनिज उत्खनन सम्बन्धी सम्झौता गर्न ह्वाइट हाउस पुगेका जेलेनस्कीले शनिबार बिहान ट्रम्पसँग चर्काचर्की गरेका थिए । तिम्रो विवादपछि डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट निस्किन आदेश दिएपछि उनी अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिर निस्किएका थिए ।
अमेरिकासँगको विवादपछि बेलायती प्रधानमन्त्रीको निमन्त्रणामा उनी सिधै युरोपतिर हानिएका हुन् । जेलेन्स्की आफ्नो प्रतिनिधिमण्डलसहित लन्डन पुगेका छन्। त्यहाँ शनिबार उनलाई बेलायती प्रधानमन्त्री केयर स्टारमरले न्यानो स्वागत गर्दै युक्रेनलाई आफ्नो साथ यथावत् रहने बताए।
स्टारमरले न्यानो स्वागत गर्दा जेलेन्स्की मुस्कुराइरहेको तस्बिर सार्वजनिक भएको छ। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भएको हो
शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स भेट्न अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस पुगेका थिए।
युक्रेनले अमेरिकालाई बहुमूल्य खनिज दिने सम्झौता गर्न भनेर त्यहाँ पुगेका उनी ट्रम्प र भान्ससँग चर्को विवादमा परे।