

काठमाडौं । अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना नेपालमा कार्यान्वयनमा आएको करिब डेढ वर्षमा नै बन्द भएको छ। नेपालमा अमेरिकाको एक मुख्य सहयोग कार्यक्रम एमसीसी अहिलेका लागि स्थगन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले आफ्नो कार्यक्रम स्थगनबारे मन्त्रालयका अधिकारीलाई इमेलबाट जानकारी दिएकाले मन्त्रालयले स्थगनको निर्णय गरेको सहसचिव श्यामप्रसाद भण्डारीले बताए।
यो निर्णयलाई गत महिना मात्र अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हालेका डोनल्ड ट्रम्पको वैदेशिक सहायता कटौती गर्ने नीतिको प्रभाव मानिएको छ। लामो समयको खिचातानी पछि २०८० साल भदौबाट एमसीसी कार्यान्वयनमा आएको थियो। संसदले २०७८ साल फागुनमा नै अनुमोदन गरेको भएपनि राजनीतिक दलबीचको खिचातानीका कारण लामो समयसम्म कार्यान्वयनमा आउन सकेको थिएन।
अहिले अमेरिकाले वैदेशिक खर्च कटौतीको नीति समेटिएको कार्यकारी आदेश राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेसँगै यो परियोजना अनिर्णित बन्न पुगेको हो।