

काठमाडौ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले दिएको विवादास्पद अभिव्यक्तिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबीच द्वन्द बढ्ने संकेत देखिएको छ। सामाजिक सञ्जालमा राष्ट्रिय सभालाई वृद्धाश्रम जस्तो भनेर अमर्यादित टिप्पणी दिएका शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेत प्रस्ताव पारित गरेको थियो।
आइतबार राष्ट्रिय सभाले खेत प्रस्ताव पारित गरेसँगै सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले उक्त प्रस्तावमाथि आपत्ति जनाएका छन् । सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण बनाउन नहुने बताएका छन् । प्रतिनिधि सभाका सदस्य ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर आइतबार राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो । आइतबार राष्ट्रिय सभाका विभिन्न सांसदहरूले सो प्रस्तावप्रति आपत्ति जनाउँदै खेत प्रस्ताव पारित गराउन सभा अध्यक्ष समक्ष प्रस्ताव गरेका थिए ।
‘प्रतिनिधि सभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो’, उनले भने, ‘हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिऊँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने गतिविधि नगरौं ।’