

काठमाडौँ । दोस्रो कार्यकालका लागि निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न क्रान्तिकारी कार्यकारी आदेश जारी गर्ने क्रममा डाइभर्सिटी इमिग्रेन्ट भिजा प्रोग्राम (डिभी प्रोग्राम) अन्त्य गर्ने तयारी गरेका छन्।
रिपब्लिकन सांसदहरूले डिभी लटरी कार्यक्रम अन्त्य गर्नका लागि दबाब दिँदै आएका छन् भने राष्ट्रपति ट्रम्प समेत सोतर्फ सकारात्मक रहेको फक्स न्युजले जनाएको छ।
रिपब्लिकन सांसदहरूले अनुहारविहीन कम्प्युटर कोडलाई लटरी प्रणालीमार्फत आप्रवासीहरूलाई अनियमित रुपमा भिजा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पारिएको भन्दै डिभी प्रोग्राम अन्त्य गर्न माग गर्दै आएका हुन् । अमेरिकी विदेश विभागद्वारा सञ्चालित यस प्रोग्राममा हरेक वर्ष ५५ हजार आप्रवासीलाई ग्रीन कार्ड दिइँदै आएको छ।
बुधबार रिपब्लिकन प्रतिनिधि माइक कोलिन्सले अमेरिकाको सुरक्षा र निष्पक्षता वृद्धि एवं २०२५ प्रस्तुत गरेका थिए । यसको उद्देश्य भिजा लटरी अन्त्य गर्नु र लटरी विजेताहरुले परिवारका सदस्यलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमता हटाउनु थियो ।
विधेयक प्रस्तुतको क्रममा लट्रिनले भनेका छन् ‘विधेयकले हाम्रो बिग्रिएको अध्यागमन प्रणालीलाई सुधार गर्नेछ र हाम्रो राष्ट्रको प्राथमिकताहरुलाई हामीलाई आवश्यक पर्ने अमेरिका फर्स्ट अध्यागमन नीति लागू गर्न सहयोग गर्नेछ ।’