

काठमाडौँ । करिब २७ वर्षपछि सत्तामा पुनरागमन हुँदै भारतीय राजधानी प्रान्त दिल्लीको विधानसभा चुनावमा बीजेपीले दुईतिहाइ मत प्राप्त गरेको छ। शनिबार भएको मतगणनामा कुल ७० सिटमध्ये ४८ सिटमा जित हासिल गरेको हो।
विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र आम आदमी पार्टी मात्रै विजयी भएका छन् । पछिल्ला दुईवटा विधानसभा निर्वाचनमा शून्य सिटमा सीमित भएको भारतीय कांग्रेसले यसपटक पनि एक सिट पनि जित्न सकेन।
दुईपटकसम्म मुख्यमन्त्री बनेका आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाल समेत चुनावमा पराजित भएका छन्। हालका मुख्यमन्त्री आतिसीले भन्ने चुनाव जितेकी छन्। दिल्लीमा शिक्षाको सुधारमा महत्त्वपूर्ण काम गरेको भनेका मनिष सिसोधिया सोधिए पनि यसपटकको चुनावमा पराजित भएका छन्।
सन् १९९७ मा अन्तिमपटक दिल्लीको सरकारमा आफ्नो उपस्थिति जनाएको भाजपाले त्यसपछि सरकारमा प्रवेश गर्न पाएको थिएन।