

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संसद विघटन सदर नगर्दा आफूलाई प्रधानन्यायाधीश नबनाउने धम्की आएको तर्फ संकेत गरेकी छन् । शुक्रबार हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजले आयोजना गरेको ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’मा विद्यार्थीको प्रश्नमाथि जवाफ दिँदै उनले यस्तो संकेत गरेकी हुन् ।
उनले आफूलाई जीवनको डर देखाइएको खुलासा गर्दै रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न दिँदैनन् अब भन्ने चेतावनी आउने गरेको बताएकी हुन् । ‘संसद विघटनका बेलामा मलाई तत्काल दुईवटा प्रश्न उठ्यो। एउटा, अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैन नि भने । मैले भनेँ- म प्रधानन्यायाधीश बन्नका लागि न्यायाधीश बनेको होइन। न्यायाधीश बन्नका लागि न्यायाधीश बनेको हो र जुन भूमिकामा छु त्योसँग म सम्झौता गर्दिनँ भनेँ,’ कार्यक्रममा मल्लको भनाइ थियो ।
मल्ल प्रधानन्यायाधीशको रोलक्रममा रहेकी न्यायाधीश हुन् । हालसम्मको पद्धतिअनुसार रोलक्रममा ज्येष्ठ रहेका व्यक्तिलाई नै प्रधानन्यायाधीश बनाउने गरिएको छ ।
सोही कार्यक्रक्रममा उनले थपिन् ‘अर्को मलाई के भने भने तिमीलाई आफ्नो जीवनको डर छैन? मैले भनेँ- आफ्नो राष्ट्रको स्वार्थमा, संविधानको स्वार्थमा, सार्वभौम सत्ताको स्वार्थमा सम्झौता गर्दिनँ । यही कारणले गर्दा मलाई आफ्नो जीवनको डर छैन। तर संविधानको मर्मभन्दा बाहिर जाँदिनँ, त्यसैले गर्दा त्यो निडरपन न्यायको अत्यन्त आवश्यक तत्त्व हो।’
सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीश नियुक्ति गर्ने प्रक्रिया सबै राजनीतिक रहेको पनि उनले बताइन् । ‘संवैधानिक परिषद् राजनीतिक छ। संसदमा गएर सुनुवाइ हुने प्रक्रिया राजनीतिक छ। न्याय परिषदमा पनि राजनीति हा