काठमाडौं खबर माघ २३, २०८१
काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसआइडी बन्द गर्ने घोषणा गरेका छन्।
ट्रम्प प्रशासनको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलोन मस्कले ‘यूएसएआईडी’ बन्द गर्ने घोषणा गरेका हुन् । युएसआइडी सुधार्नै नसक्ने अवस्थामा पुगेको भन्दै यसलाई बन्द गर्न लागिएको उनले स्पष्ट पारेका छन्। यसमा राष्ट्रपति ट्रम्प पनि सहमत भइसकेको उनले बताएका छन्।
सोमबार ‘एक्स’ द्वारा आयोजित लाइभमा बोल्दै मस्कले भनेका छन्, ‘यस (यूएसएआईडी) लाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत हुनुहुन्छ।’
समाचार संस्था एपीका अनुसार मस्कको घोषणासँगै ६ सय कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको छ।