काठमाडौं खबर माघ २३, २०८१
काठमाडौँ । अध्यादेशबारे संसदमा छलफल गर्नुपूर्व भामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
प्रतिनिधि सभाको बिहिबार १ बजे बस्ने बैठकमा अध्यादेश बारे छलफल गर्ने कार्यतालिका रहेको छ। त्यसपूर्व प्रमुख सचेतकहरूसँग साझा धारणाको लागि छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ।
अध्यादेश लगायतका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई बोलाइएको छ ।