काठमाडौं । राजधानी वासिङ्टन डीसीमा बुधबार राति अमेरिकन एअरलाइन्सको विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर दुर्घटना भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा उनले यो दुर्घटनामा कोही पनि नबाँचेको बताएका छन् ।
स्थानीय समयानुसर बुधबार राति ९ बजे कान्सासबाट वासिङ्टन आउँदै गरेको बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अगाडि बढिरहेका बेला अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरले ठक्कर दिँदा दुवै विमान पोटोम्याक नदीमा खसेर दुर्घटनाग्रस्त भएका थिए। विमानमा ६७ जना यात्रु थिए । ती सबैको ज्यान गएको ट्रम्पले बताएका छन् ।
सीबीएस न्युजका अनुसार प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले दुर्घटनाका लागि यसअघिका राष्ट्रपति जो बाइडेन जिम्मेवार रहेको आरोप पनि लगाउन खोजे । उनले भने, ‘मैले सुरक्षालाई पहिलो स्थान दिएँ। ओबामा, बाइडेन र डेमोक्र्याटहरूले नीतिलाई पहिलो स्थान दिए।’