काठमाडौं खबर माघ २, २०८१
काठमाडौं । आफूलाई सामाजिक अभियान्ता मान्ने आशिका तामाङ पक्राउ परेकी छन् । पशुपति क्षेत्रमा कार्यरत प्रहरी अधिकारीलाई दुर्व्यवहार गरेको मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले केही दिन पहिले ड्युटीमा रहेका प्रहरी अधिकारीलाई समेत ‘बर्दी खोलेर नाङ्गै हिँड्नुस्’ भन्दै थर्काएको भन्दै पुस २६ गते पशुपति क्षेत्र विकास कोषले आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो ।
जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने क्रममा पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिएको थियो।
प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।