काठमाडौं खबर पुस २८, २०८१
काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायलीको रिहाइको माग गर्दै हजारौं इजरायलीले प्रदर्शन गरेका छन् । इजरायली राज्य तेल अभिभमा गरिएको प्रार्थनामा नेपालीहरू पनि विपीन जोशीको तस्वीरसहितको प्लेकार्ड लिएर प्रदर्शनमा उत्रिएका छन् ।
प्रार्थना गरेका छन्।
प्रदर्शनपछिको कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रा.धनप्रसाद पण्डितले समेत सहभागी भएको बताइएको छ । प्रदर्शनकारीहरूले नेपाली विद्यार्थी विपिन जोशीको तस्बिरअंकित प्लेकार्ड पनि बोक्ने गरेका छन्।
अघिल्लो वर्ष २० असोज (२०८०) हमास आक्रमणका क्रममा अपहरित बन्दीहरू छाड्न माग गर्दै इजरायलको सबैभन्दा ठूलो सहर तेल अभिभमा हरेक शनिबार प्रार्थनासहितको प्रदर्शन गर्ने गरिएको हो।