काठमाडौं खबर पुस १९, २०८१
काठमाडौं । सशस्त्र प्रहरी बलले एकैपटक ११ सय ७९ जनशक्तिको माग गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशिन गर्दै एपीएको प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो।
जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो।
यस्तो छ गोरखापत्र दैनिकमा प्रकाशित सूचना