काठमाडौं खबर पुस ११, २०८१
नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीबार साँझ करिब ८ बजे उनलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) को आपतकालीन वार्डमा भर्ना गरिएको थियो।
डा. सिंह दुई कार्यकालका प्रधानमन्त्री बनेका थिए। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्यका कारण उनलाई पटक पटक अस्पताल भर्ना गरिएको थियो । जहाँ डा. मनमोहन सिंहको निधनको खबर बाहिरिएपछि भारतभर शोकको लहर छाएको छ ।
जानकारीका अनुसार सन् २००६ मा मनमोहन सिंहको दोस्रो पटक बाइपास सर्जरी गरिएको थियो, त्यसपछि उनी निकै बिरामी थिए । बिहीबार उनलाई श्वासप्रश्वासमा कठिनाइ र असुविधा भएपछि एम्समा भर्ना गरिएको थियो । उहाँको जन्म सेप्टेम्बर २६, १९९२ मा पश्चिमी पञ्जाब (अहिले पाकिस्तान) मा भएको थियो।