काठमाडौं खबर पुस ७, २०८१
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३२ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । जीबीराईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको कार्यालयले बाँकी आरोपीहरूविरुद्ध अभियोगपत्र दर्ता गर्न लागेको हो ।
कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज उनीविरुद्ध अभियोगपत्र दर्ता हुने जानकारी दिइन्। उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो।