काठमाडौं खबर पुस ६, २०८१
काठमाडौं । आज सकिएको नेपाल प्रिमियर लिगको सर्वोत्कृष्ट खेलाडीमा सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरी चयन भएका छन् । योसँगै उनले एउटा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याएका दीपेन्द्रले टिम उपविजेता बने पनि उनले उत्कृष्ट खेलाडीको उपाधि भने पाए । उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् ।
त्यस्तै, नेपाल प्रिमियर लिग विजेता जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी प्रतियोगिताकै ब्यालिस्टिक बलर बनेका छन्। उनले मोटरसाइकल जिते। प्रतियोगितामा उनले कुल १७ विकेट लिएका थिए । ललितले एनपीएलमा सबैभन्दा बढी ४० ओभर बलिङ गरे। एउटा बलरले पाउनेजति सबै ओभर बलिङ गर्ने ललित एक मात्र खेलाडी हुन्। यसक्रममा उनले ५ मेडन राख्दै २१३ रन खर्चिएका छन्।