गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।
सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उनलाई पोखरा ल्याइएका थियो । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएका छौं । जसमध्ये ३७ जना फरार प्रतिवादी छन् ।
५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको डीएसपी शर्माले बताए । सोबार सरकारी वकिल कार्यालयमा पुगेको उक्त प्रतिवेदन अध्ययन पश्चात जिल्दा अदालत कास्कीमा दर्ता हुनेछ ।