काठमाडौं खबर मंसिर २३, २०८१
जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशभर आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
त्यसो त मेलाको लागि भनेर स्थानीय विद्यालयहरुलाई शुक्रबारदेखि नै बन्द गरिएको थियो । यो हरेक पाँच–पाँच वर्षमा लाग्ने ठूलो मेलामध्येको एक हो । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ ।
दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।