काठमाडौं खबर मंसिर २२, २०८१
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ । सुदूरपश्चिमले दिएको १८८ रनको तार्केटमा लुम्बिनीले १४२ रन मात्रै बनाउन सक्यो ।
निर्धारित २० ओभरको खेलमा चार विकेटको क्षतिमा १८७ रन बनाएको सुदूरपश्चिमपछि ब्याटिङ गरेको लुम्बिनीले २० ओभरको क्षतिमा ९ विकेटको क्षति व्यहोरेको थियो ।
योसँगै लुम्बिनीले यो सिजनको खेलमा खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ । आजको खेलमा टिमका कप्तान रोहित पौडेल चल्न नसक्दा सुरुवातमै लुम्बिनी दबाबमा परेको हो ।