काठमाडौं खबर मंसिर २१, २०८१
काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक छोटो समयका लागि नेपाल आउन लागेका छन् । भारत भ्रमणमा रहेका उनी अनौपचारिकरूपमा स्वयम्भु र बौद्ध दर्शनका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र स्रोतका अनुसार उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ ।
भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् ।