काठमाडौं खबर मंसिर २०, २०८१
काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । शताब्दी पुग्न तीन महिनाअघि आज राणाको निधन भएको हो ।
उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । स्वास्थ्यमा समस्या भएपछि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका उनको आज दिउँसो उपचारको क्रममा निधन भएको हो ।
उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।