काठमाडौं खबर मंसिर १९, २०८१
काठमाडौं । काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् आजको दुई खेलमा विराटनगर र काठमाडौं विजयी भएका छन् । दुवै रोचक खेलमा आज काठमाडौं र विराटनगरले आफ्नो जित दर्ता गराएका हुन् । काठमाडौं र लुम्बिनी दुवै यसअघि पराजित भइसकेका टोलीहरू हुन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान र दिउँसो दुई खेल भएको थियो । बिहान सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराएको थियो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । त्यस्तै, आजको पहिलो खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो ।
पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो । एक सय ५० रनको विजयी लक्ष्य काठमाडौँले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनी लायन्सले जितका लागि दिएको एक सय ९२ रनको लक्ष्य विराटनगरले १९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो । विराटनगरको जितमा लोकेश बमले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्का र तीन चौका प्रहार गर्दै सर्वाधिक ७१ रन बनाए । यस्तै, बसिर अहमदले ४०, मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ र दीपक बोहोराले नौ रनको योगदान दिए ।